1-Rajendra-Kumar-Shrestha-Chair-man

सिन्धु विकास बैंकले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा मुख्य कार्यालय स्थापना गरी कारोवार शुरु गरेको उपलक्ष्यमा म यहांहरु सवैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछुं ।  पहाडै पहाड रहेको जिल्ला भएकोले भौगोलिक कठीनाई भएता पनि बैंक तथा वित्तिय संस्थाको खांचो महशुश भएको यस जिल्लामा पर्याप्त लगानीको अवसर रहेको छ । आर्थिक उन्नतिमा अग्रसर भईरहेको विशाल छिमेकी देश चीन सगं सिमाना जोडिएको जिल्ला भएको हुंदा यहां आर्थिक गतिविधी उल्लेख्य भईरहेको छ र आगामी दिनहरुमा अझ वढी हुने मैले विश्वास लिएको छुं । त्यसको अलावा जल बिद्युत आयोजना, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रहरुमा पनि त्यत्तिकै प्रचुर संभावना छ । यति हुंदा हुंदै पनि यहांका जिल्लावासीहरु बैंकिगं सेवाको लागी नजिकैको छिमेकी जिल्ला जानु पर्ने बाध्यता रहेको छ । त्यसैले सिन्धु विकास बैंक यहांको चाहना बमोजिमनै स्थापित भएको छ । आधुनिक प्रविधीका कारण बैंक तथा वित्तिय संस्थाहरुले दिने सेवाको विस्तार दिन प्रतिदिन बढदै गएको छ । यस बिकास बैंकले पनि झन्झट मुक्त सहज प्रकृया बाट ग्राहकलाई सेवा पुर्याउने लक्ष्य लिएको छ । छोटो समय भित्रै मेलम्ची, खाडीचौर तथा बनेपामा शाखाहरु खोली सेवा विस्तार गरेका छौं । स्रोतले भ्याए सम्म ई बैंकिगं अन्तर्गत बिभिन्न बैंकिगं सेवाहरु प्रदान गरीनेछ । ग्रामीण भेगमा खोलिएका लघु उद्यमहरुलाई ग्राह्यता दिएर कर्जा प्रदान गरिने छ । त्यस्तै निक्षेप योजनाहरु तर्फ बढी भन्दा बढी व्याज दर बाट निक्षेप कर्ताहरुलाई लाभान्वीत गराईने छ ।

अन्त्यमा, पुन बधाई तथा धन्यवाद ज्ञापन गर्दै यहांहरु बाट यस बिकास बैंक प्रति सदा झैं माया र सदभाव प्राप्त हुनेछ भन्ने मैले आशा लिएको छुं । बिकास बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्दछुं ।

धन्यवाद ।